नेपाल पक्ष पनि सरकारमा जाने

539

शेरबहादुर देउवा देशको प्रधानमन्त्री भयको आज आठऔ दिन सम्म आइपुग्दा देशले पुर्ण मन्त्रिपरिषद् विस्तार पाएको छैन|३० दिन भित्र लिनुपर्ने बिस्वासको मत पनि लिएसकेका छन|हाल कांग्रेस र माओवादी केन्द्रबाट सरकारमा दुई÷दुई जना मन्त्री छन् ।

प्रधानमन्त्रीसहित अहिले क्याबिनेट पाँच सदस्यीय छ । संविधानतः प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइन्छ । सत्तारूढ दलबीच आन्तरिक रूपमा भित्रभित्रै मन्त्रिमण्डल विस्तारबारे तयारी पनि भइरहेको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने पक्का छ ।

प्रधानमन्त्रीले बिहीबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने संकेत निकटकाहरूलाई दिएका छन् ।देउवा र प्रचण्ड नेकपा एमालेको माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउन सत्तारूढ दलहरूले प्रत्यन गर्दै आइरहेको छ|

नेपाल पछलाई सरकारमा ल्याउने तयारीको साथ भागबन्डा गरिदैछ|यस्तै, जसपाको निर्वाचन आयोगमा रहेको आधिकारिकताको विवादका कारण पनि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बताउँदै आइएको छ|

Previous articleसबै ट्याक्सी हरुको पछाडी यस्तो पर्चा किन र कसले टाँसी रहेको छ ?
Next articleमादव नेपाल बिरुद्ध कुनै पनि बिरोध तथा धम्की नगर्न माग

Leave a Reply