गीतकार शन्ति (बलराम) बस्नेतको (चाँदनी रात) बजारमा आउँदै

254

काठमाडौं । शन्ति (बलराम) बस्नेतको दोस्रो म्युजिक भिडियो (चाँदनी रात) छिट्टै बजारमा आउँदै छ । ‘चाँदनी रात’ का लेखक शन्ति (बलराम) बस्नेत हुन् भने संगीतकार नारायण दङ्गाल रहेका छन् । पछिल्लो समय गीत संगीतको बाढीमा सफल व्यवसायी तथा गीतकार बस्नेतको ‘चाँदनी रात’ नामक गीत बजारमा आउँदै छ ।

टिपिकल शब्दले संगारिएको गीत ‘चाँदनी रात’मा नारायण दङ्गालले संगीत भर्दैछन् । म्यूजिक भिडियो बजारमा ल्याउन व्यवसायी सञ्जीव भट्टराईको भूमिका पनि विशेष रहेको देखिन्छ । बस्नेतले यस अघि ‘सिन्धुली गढी’ नामक लोक दोहोरी गीत बजारमा ल्याइसकेका छन् । ठेट काँठे भाका र झर्रो शब्दले सिंगारिएको उक्त गीतले नेपाली सांगीतिक बजार राम्रैसँग तताएको थियो ।

सिन्धुलीको दूर्गम गाउँ बालाजोरमा जन्मिएका शन्ति (बलराम) बस्नेत स्कूले जीवनदेखि गीत संगीत रचनासँगै साहित्यमा औधी रुचि राख्थे । पछिल्लो समय पेशाले व्यवसायी भएर पनि गीत लेखनमा त्यत्तिकै चाख लिन्छन् । बस्नेतले कोरोना कहरका कारण मुलुक लकडाउनले सुनसान भएको बखत थुप्रै गीतहरु रचना गरेका थिए । त्यसमध्ये ‘सिन्धुली गढी’ नामक लोक दोहोरी गीत बजारमा ल्याए ।

लकडाउनपछि व्यवसायतिर केन्द्रित हुन थालेपछि बस्नेतका अन्य गीतहरु बजारमा आउनबाट थाती रहेका थिए । मत्यसैमध्येबाट ‘चाँदनी रात’ नामक गीतको म्युजिक भिडियो निकट भविष्यमै बजारमा ल्याउने तरखरमा जुटेका छन् बस्नेत । शब्द चयनमा खप्पिस बस्नेतका गीतले ठाउँविशेषलाई झल्काउने गर्दछन् ।

उनका गीतमा शब्द चयन, भाका र गायनशैली त्यतिकै मर्मस्पसी हुन्छन् । पहिलो गीतमै दर्शक, स्रोताको मन जित्न सफल बस्नेत उदीयमान गीतकारका रुपमा देखिएका छन् । आउँदै गरेको ‘चाँदनी रात’ले पनि दर्शक, स्रोतलाई मनग्गे खुराक दिने देखिन्छ ।

Previous articleधनकुटामा रहेका सरकारी कार्यालय अन्यत्र सार्न लागिएको भन्दै क्रियाशिल राजनीतिकदलकाे विरोध ,
Next articleपाख्रिबासका हिडडुल गर्ननसक्ने पर्शुराम शर्मालाई पुर्व मन्त्री राई द्वरा ह्वीलचियर हस्तान्तरण ,

Leave a Reply