तामाङ भाषाको चलचित्र ‘दार्बुङ’ फेरी प्रदर्शन हुदै l

काठमाडौँ, २१ असोज | तामाङ भाषाको चलचित्र ‘दार्बुङ’ फेरी प्रदर्शन गर्ने भएको छ | अर्जुन खड्कासँगै सञ्जय लामा “हुत्ता ” को निर्देशन रहेको तामाङ भाषाको चलचित्र यहि असोज २९ गते सोमबार बिहान ११:०० बजे नेपाल चलचित्र बोर्ड चाबहिलमा प्रदर्शन गर्न लागेको हो | हिन्दुहरुको महान चाड बडा दशैँ को अवसर परेर चलचित्र पर्दशन मा ल्याउन लागेको निर्देशक हुत्ता संजय लामा ले बताउनु भयो |

दर्शकहरुको रोजाइमा पर्न सफल यो ‘दार्बुङ’ चलचित्र सामाजिक परिवेश संगै जोडिएको चलचित्र हो | स्व:जयनन्दा लामाको अन्तिम चलचित्र समेत यहि रहेको निर्देशक हुत्ता संजय लामाको दाबी रहेको छ | चलचित्रमा समाजमा घट्ने विभिन्न घट्नाहरुलाई समसमुहिक रुपमा उठान गरेको छ | एउटा अपाङ्गले समाजबाट कस्तो -कस्तो समस्याहरु भोक्नु पर्छ ? साथै अभिभावक बिनाको एउटी नारीले समाजमा कस्तो समस्याहरु भोग्नु पर्छ भनेर विभेदीकारण समाजको उजागर गरिएको निर्देशक लामाको भनाई छ |

सुनिता लुन्ग्बा , मान बहादुर तामाङ, करेशा वाइवा, सुस्मिता तामाङ, राम तामाङ, सुनमाया तामाङ सीर्जना गोले, डोल्मो ह्योल्मो, पेमा योञ्जन तामाङ, दिपेश लामा, रुदेन माझी, हरिन माझी ,क्रीष्टल मगर, मायादेवी मोक्तान, भुईसाल लामा, राजकुमार तामाङ, इन्द्रबहादुर स्याङतान, दोर्जे मोक्तान लगायत कलाकारहरुको अभिनय यस चलचित्रमा देख्न सकिन्छ |