
धनकुटा बैशाख ४
पाख्रीबास नगरपालिकाले किसानलाई खेत बारी जोत्नका लागि मिनिटेलर हातेट्याक्कटर वितरण गरेको छ । परम्परागत कृषि पेशालाईं व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन नगरपालिकाले मिनिटेलर हातेट्याक्कटर वितरण गरेको हो।
नगरपालिकाले ६ वटा कृषि सहकारी तथा समूहलाई १,१ वटा ६ वटा मिनिटेलर हातेट्याक्कटर प्रदान गरेको हो। श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।
पाख्रीबास नगरपालिकाले ८५ प्रतिशत अनुदानमा ७० हजार लगतकाे कृषककाे १५ % प्रतिशत गरि मिनिटेलर ४ लाख २० हजार बराबरको खरिद गरेर वितरण गरेको कृषि शाखा प्रमुख ईन्द्रमाया तामाङले बताउनुभयो । मिनिटेलर वितरण गर्नुहुदै नगर प्रमुख ज्ञान बहादुर गुरुङले आगामी दिनमा ‘किसानको थप सुविधा र कृषिमा आधुनिकीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रमहरु ल्याउने बताउनुभयो ।
पाख्रीबास नगरपालिकाकाे आर्थिक विकास संयोजक वडा अध्यक्ष सराेज राईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख नम्रता गाैत्तम , प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सुवेदी , लेखा प्रमुख मात्रिका धिताल , वडाअध्यक्ष पाख्रीबास प्रहरी कार्यलय ईन्चार्ज लगायतकाकाे उपस्थिति थियोे । साेहि अवसरमा माेर्डन एग्राेटेकका सञ्चालक लाखमान घिसिङले किसानलाई हातेट्याक्कटर चलाउका लागि आवाश्क प्राविधिक कुराहरूकाे प्रशिक्षण दिनुभएको थियोे ।