सबै ट्याक्सी हरुको पछाडी यस्तो पर्चा किन र कसले टाँसी रहेको छ ?

काठमाडौँ  “नेपाल राष्ट्रिय मिटर  ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज” द्वारा बैज्ञानिक भाडा दर लागु गर्नु पर्ने भन्दै नयाँ शैलीमा ट्याक्सीको पछाडी बिभिन्ना किसिमका आफ्नो माग हरुलाई टासेर  आन्दोलन को सुरुवात गरेको छ | हामी संगको कुराकानी मा सस्थाका केन्द्रय महासचिव टोप बहादुर खत्रीले भन्नु भयो , अहिले को यो आन्दोलन संसार मै पहिलो र उच्चा रचनात्मक हो  |

महामारीले थला परेको यातायात क्षेत्र  र त्यस माथी बर्षौ देखि ट्याक्सी को भाडा सामायोजन मा सरकारले कुनै चासो नदिएको उहाले आरोप लगाउनु भयो | उहाले भन्नु भयो यदि सरकारले यसरी हाम्रो माग हरुलाई सम्बोधन नगरी  उपेक्षा गर्दै जाने हो भने एक दिन मुठभेट को स्थिति आउन सक्छ र  देशले ठुलो क्षेति  बेहोर्नु पर्ने छ जसको जिम्मेवार सरकार स्वयम  हुनेछ |

के बैज्ञानिक भाडा प्रणाली संगै पठव तथा  टुटल जस्तो एप्स बन्द हुनु पर्ने तपाई हरुको माग हो भन्ने हाम्रो  प्रश्नमा महासचिव खत्री भन्नु हुन्छ – हामी  अहिलेको डिजिटल जमानामा कुनै हामी  एप्सको बिरुद्धमा मा छैनौ  तर जुन प्रयोजनको लागि साधन खरिद गरिएको हो त्यहि प्रयोजन मा प्रयोग गरियोस |

यदि  निजि प्रयोजनको लागि खरिद गरिएको  साधन हरु यसरी  डिजिटल जमानाको नाममा कुनै एक सस्था वा कम्पनीले आफ्नो भाडा दर कायम गरी मनपरी गर्न पाइदैन | यदि एप्स बाट नै भाडा तोक्ने हो भने हामीले गुणस्तर बिभाग बाट सरकारी दर्स्तुर तिरेर लगाएको सबै मिटर फिर्ता गरियोस | महासचिब खत्री ले अगाडी भन्नु भयो सार्बजनिक बसमा चड्ने बितिकै १५ रुपियाँ भाडा दर तोकिएको छ तर रिजब को रुपमा चल्ने लग्जरिस ट्याक्सीको भने कुनै यात्रु चड्दा जम्मा १४ रुपियाँ तोकिएको  यो कस्तो नियम हो ? थप सामग्री भिडियो बाट हेरौ –