धनकुटा ,
नेकपा एमाले धनकुटाको ७ औं जिल्ला अधिवेशन प्रतिनीधि परिषदको प्रथम बैठक भोलि बिहिवार हुने भएको छ । बैठक पार्टीका वरिष्ठ केन्द्रिय उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा बस्न लागेको हो ।
बैठकमा जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणी पराजुलीले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुने तयारी गरिएको छ । त्यस्तै पार्टीका आर्थिक विभाग प्रमुख तारा तितुङले आर्थिक विवरण प्रस्तुत गर्नुहुने छ । त्यसपछि पार्टी जिल्ला अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल र समसामयिक विषयमा प्रस्ताव पारित गर्दै बैठक सम्पन्न हुने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख नैना रुचालले जानकारी दिनुभयो । बैठकमा ९ सयको हाराहारीमा प्रतिनीधिहरु उपपस्थित हुने नेकपा एमाले धनकुटाले जनाएको छ ।