राष्ट्रपति भण्डारीको कार्यकाल आज बाट सकिने , निजी निवासमा सर्ने तयारी

256

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ। उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो।
भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन्।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । उनको शपथ ग्रहण भोलि हुँदैछ । पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।

भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ।

Previous articleमाओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन
Next articleधनकुटा बहुमुखी क्याम्पसमा सर्वसम्मत स्ववियु सभापतिमा अनेरास्ववियुका सन्तोष बुढाथोकी निर्वाचित ,

Leave a Reply