पाख्रीबास वडा नं ९ काे आयाेजनामा खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिता सुरु

125

धनकुटा जेठ २५,

पाख्रीबास नगरपालिका वडा नं ९ काे आयाेजनामा खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । जेठ २५ देखि जेठ ३० गते सम्म सञ्चालन हुने प्रतियोगितामा २६ वटा टिमकाे सहभागी रहेको छ । प्रतियोगिताकाे उदघाटन शस्त्रकाे पहिलो दिन ३ वटा खेल सम्पन्न भएको छ ।शुक्रबार सम्पन्न पहिलो खेल डुम्रे सान्ने “ए” र खाेकु ५ बिच भएको खेलमा ४-१ ले डुम्रे सान्ने बिजयि भयो । दाेस्राे खेल मनिङ “एफसि ” र डुम्रे सान्ने ” वि” बिच भएको खेलमा ०-३ ले मनिङ “एफसि” बिजयि भए। यस्तै तेस्राे खेल पाख्रीबास र शिक्षालय बिच भएको खेलमा ०-३ ले शिक्षालय बिजयी भए ।

प्रतियोगिता उदघाटन कार्यक्रम खेल आयाेजक समितिका संयोजक लिल बहादुर मगरको अध्यक्षता तथा पाख्रीबास नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सम्झना आलेकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । कार्यक्रममा पाख्रीबास वडा नं ९ का वडा अध्यक्ष हरि बहादुर खत्री , वडा अध्यक्ष सराेज राईले मन्तव्य सहित शुभकामना दिनुभएको थियोे । कार्यक्रममा वडा सदस्य पहलमान घिसिङ , वडा सदस्य मदन आले , समाजसेवी खड्ग भट्टराईकाे उपस्थिति थियोे । स्वागत मन्तव्य वडा सचिव अनिल तिम्सिनाले राख्नु भएको थियोे । प्रमुख अतिथि वडा अध्यक्ष आलेले रेफ्रिलाई बल हस्तान्तरण गरेर उदघाटन गर्नु भएको थियोे ।

Previous articleगाँजा खेतीलाई मुख्य प्राथमिक्तामा राख्दै सहिदभूमिले आगामी वर्षको निति कार्यक्रम प्रस्तुत
Next articleपाख्रीबासनगरपालिका वडा नं ९ द्वरा उत्तरपानी घिसिङ टाेललाई पानी तान्ने माेटर वितरण ,

Leave a Reply