धनकुटाको छथर गाउँपालिकामा समुदायको मागमा आधारित बहुआयामिक नमुना पुस्तकालय उद्य्घाटन

धनकुटा ,

पराम्परागत पुस्तकालय प्रणालीलाई बिस्थापन गर्दै धनकुटाको छथर गाउँपालिकामा समुदायको मागमा आधारित बहुआयामिक नमुना पुस्तकालय आज (शनिवार) एक कार्यक्रमका बीच उद्य्घाटन गरिएको छ ।
बौद्धिक शिप विकास , प्रविधि मैत्रि युवा, कृषि पर्यटन, जिज्ञासु महिला तथा वालबालिका, सब्य एवम व्यवहारिक नागरिक निमार्णमा सामुदायीक पुस्तकालय भन्ने नारा सहित सञ्चालनमा ल्याईएको पुस्तकालयको जापानका उपराजदुत मिसन उपप्रमुख ताकाहिरो तामुरा र छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुव्बाले संयूक्त रुपमा उद्य्घाटन गर्नुभएको हो । १७ औ पुस्तकालय दिवसको अबसर पारेर उद्यघाटन गरिएको सिंधुवा छथर जोरपाटी सामदायिक पुस्तकालय तथा श्रोत केन्द्र जापान सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण कार्य सम्पन्न भएको हो । जापान सरकारको तीन बर्षे आयोजना अन्तर्ग नेपाल स्थित एसभिए र रिड नेपालको समन्वय तथा प्राबिधिक सहयोगमा पालिकाको वडा नं.६ सिंधवामा यो पुस्तकालय सञ्चालनमा आएको हो । जापान सरकारको एक करोड ६२ लाख, गाउँपालिकाको ५० लाख र र स्थानीयबासीहको ३० हजार गरी कुल दुई करोड १२ लाख ३० हजारमा आयोजना सम्पन्न भएको हो । कार्यक्रममा उक्त पुस्तकालय निमार्णका लागि निशुल्क जग्गा उपलब्ध गराउनुहुने जग्गादाता तथा निमार्णमा सहयोग गर्ने दाताहरुलाई केन्द्र अध्यक्ष अर्जुन घिमिरेले सम्मान गर्नुभएको थियो । यस पुस्तकालयमा बच्चा देखि जेष्ठ नागरिकहरु ज्ञान संगै जीवन उपयोगी सिप र अवसरहरुको खोजी गर्न नयाँ शैलीमा पुस्तकालय सञ्चालनमा ल्याइएको श्रोत केन्द्रका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो ।