३० ओै तामाङ प्रशारण दिवसमा हिलेमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनकुटा

३० ओै तामाङ प्रसारण दिवसको अवसरमा धनकुटाकाे हिलेमा प्रदेश स्तरीय शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । तामाङ पत्रकार संघ धनकुटा , नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाकाे संयुक्त आयोजनामा तथा तामाङ पत्रकार संघ प्रदेशको संयाेजनमा सम्पन्न कार्यक्रममा भाेजपूर , उदयपुर , सुन्सरी ,धनकुटाका तामाङ पत्रकारहरुकाे उपस्थिति थियोे । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेनतामाङले तामाङले मुलुककाे विकास समृद्धि हासिल गर्नका लागि तामाङ समुदायकाे विकास विना सम्भव नरहेको भन्दै समान अवसर पाउनुमा पछि हट्न नहुने भन्दै समय परिस्थिति अनुसार प्रतिस्पर्धात्मक ढंगले प्रतिस्पर्धा गरेर तामाङ समुदाय अगाडि बढ्न आवाश्यक रहेको बताउनुभयो । कार्यक्रमका विशेष अतिथ धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष ओङद तामाङले तामाङ सहभागी संघ संस्था , विभिन्न पेशामा आवद्व तामाङहरुले उदाहरणीय काम गर्न आवाश्यक रहेको बताउनुभयो । घेदुङ केन्द्रि सदस्य विष्णु माेक्तान, घेदुङ निवर्तमान केन्द्रीय सदस्य लालचन गाेङ्वा कार्यक्रमलाई फाेनिज केन्द्रीय सदस्य विदुर खवास, फाेनिज प्रदेश अध्यक्ष सन्विर लामा, फाेनिज प्रदेश सचिव शन्देस सुब्बा , घेदुङका जिल्ला सदस्य एवं पाख्रीबास वडा नं ७ का वडा अध्यक्ष देवेन्द्र तामाङ , नेपाल आदिवासीजनजाति महासंघ धनकुटा जिल्ला सदस्य यज्ञ घिसिङ , घेदुङका जिल्ला निवर्तमान सहसचिव धन बहादुर माेक्तान, तामाङ तामाङ पत्रकार संघ भाेजपूर जिल्ला अध्यक्ष सारादा तामाङ , शिक्षक बुद्धिजीवी चन्द्र तामाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा प्रदेश अध्यक्ष माेहाेन तामाङले स्वागत मन्तव्य राख्नुभएको थियोे भने सञ्चालन तामाङ पत्रकार संघका प्रदेश ईन्चार्ज मानवी माेक्तानले गरेका थिए । नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष पेमा कुमारी लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।