सहिदभूमि गाउँपालिका धनकुटाकाे स्थानीय पाठ्यक्रम “सहिदभूमि गाथा” सार्वजनिक

धनकुटा ,

सहिदभूमि गाउँपालिका धनकुटाले स्थानीय पाठ्यक्रम सहिदभूमि गाथा सार्वजनिक गरेको छ । सहिदभूमि गाउँपालिकाकाे शिक्षा शाखाले सुक्रबार एक कार्यक्रमकाे आयोजना गरि सहिदभूमि गाथा स्थानीय पाठ्यक्रम कक्षा (१-८) लाेकापर्ण गरेको हाे । गाउँपालिका अध्यक्ष मनाेज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पालिका अध्यक्ष राई , प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कि , सामाजिक विकास समिति संयोजक वडा नं ६ का वडा अध्यक्ष हेमकुमार राई लगायतले सहिदभूमि गाथा स्थानीय पाठ्यक्रमकाे लाेकापर्ण गर्दै सार्वजनिक गर्नु भएको थियो ।

याे संगै स्थानीय पाठ्यक्रम सहिदभूमि गाथा कक्षा १ देखि ८ सम्म लागू भएको शिक्षा शाखा प्रमुख मनाेज पाैडेलले जानकारी दिनु भयाे । साथै साेहि कार्यक्रमकाे अवसरमा सेवा निवृत्त हुनुभएको शिक्षकलाई खदा ,अविर करुवा प्रदान गरेर सम्मान गरेको थियोे । सम्मानित शिक्षकहरुमा मदन बहादुर राई श्री आदार्श मावि सहिदभूमि १ , शमशेरमान राई श्री पञ्चकन्या मावि सहिदभूमि ४ , छत्र राई जीवन सुधालय मावि सहिदभूमि ४ , प्रकाश राई श्री अनिवार्य निशुल्क आवि टाकुरे सहिदभूमि २ , सुबदेब राई प्रावि श्री ठाकुर देवी मावि सहिदभूमि ६ रहेकाछन् । यस्तै गरि सहिदभूमि गाउँपालिकाकाे प्रधानाध्यापकहरु बिच बसेकाे बैठकले एसईई र कक्षा १२ काे नतिजा विश्लेषण , एस ए एस कार्यन्वयन , ई- हाजिरी लगायत विषयमा छलफल भएको थियोे । कार्यक्रममा वडा अध्यक्षहरु , विद्यालयका प्रतिनिधि , शिक्षकहरुकाे उपस्थिति थियोे ।