
धनकुटा साउन,
पाख्रीबास नगरपालिका वडा नं ९ मा कृषकलाई २५ प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरिएको छ । वडाले जनचेतना बहुउद्देश्यीय कृषक समुहका ४१ घरधुरी कृषकलाई २५ प्रतिशत अनुदानमा ७५ हजार बराबरको तरकारीको बीउ वितरण गरिएको वडा सदस्य पहलमान घिसिङले जानकारी दिनुभयो । वडाको आर्थिक सहयोगमा वितरण गरिएको तरकारीको बीउ काउली, बन्दा, भेडे खुर्सानी ,बाेडि , मुला , लाम्चे खुर्सानी , लगायत विभिन्न प्रकारका बीउ किसानलाई वितरण गरिएको हाे ।कार्यक्रममा वडाअध्यक्ष सम्झना आले, वडा सचिव अनिल तिम्सिना , जनप्रतिनिधि र कृषि समुहका किसानहरुकाे उपस्थिति थियोे