स्याउ किसानको बगैँचामै पुगेर व्यवस्थापनसम्बन्धी सिप प्रदान

462

जुम्ला, १४ फागुन

जुम्लाका स्याउ किसान यति बेला बगैँचा व्यवस्थापानमा व्यस्त छन् । यही अवसरलाई सदुपयोग गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय स्याउ सुपरजोन कार्यालय जुम्लाले स्याउ किसानको लागि बगैँचामा तालिम दिएको  छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय स्याउ सुपरजोन जुम्लाले  यसपटक किसानको बगैँचामै गएर तालिम दिएको हो ।

कार्यालयले चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासीका १० स्थानका किसानलाई  तालिम दिएको सुपरजोन कार्यालय जुम्लाका कार्यालय प्रमुख गंगा पोख्रेलले बताइन । तालिममा रोगकिरा व्यवस्थापना, बगैँचा व्यवस्थापन तथा काँटछाँट व्यवहारिक तालिम दिएको छ । उनले भनिन, ‘एक ठाउँमा २५ जनाका दरले तीन सय ७५ जनालाई बगैँचा व्यवस्थापनसम्बन्धी सिप सिकाएका छौं ।’

प्रशिक्षक रामबहादुर खत्रीका अनुसार स्याउ लगाएपछि किसानले बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिएपछि गुणस्तरीय स्याउ फल्दैन थिए । किसानले ध्यान दिएर व्यवस्थापन गरे राम्रो फल लाग्ने र बजार मूल्य पनि बढी हुने बताए ।

Previous articleएमसीसीबारे संस्थागत निर्णय गर्न नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री देउवाको अल्टिमेटम
Next articleशंकास्पद वस्तु टाइम बम, सेनाद्वारा निष्कृय

Leave a Reply