पाख्रीबास ३ र ९ मा नयाँ वर्षको अवसरमा छेन्खामा देवी चाैथाे मिनी मेला २०८१ हुने ,

धनकुटा चैत २९,

पाख्रीबास नगरपालिका वडा नं ३ र ९ स्थित रहेको छेन्खामा देवी चाैथाे मिनी मेला २०८१ हुने भएको छ । श्री प्रगतिशील युथ क्लब साल्बाेटेकाे आयोजनामा बैशाख १ र २ गते दुईदिने चाैथाे मिनी मेला तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ ।

खुल्ला पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार मेडल प्रमाणपत्र रहेको छ भने दाेस्राे पुरस्कार नगद १० हजार मेडल प्रमाणपत्र पाउने आयाेजकले जनाएको छ । यस्तै गरि मेलामा स्थानीय राई संस्कृतिकाे झाक्री प्रदर्शनी र धार्मिक स्थल छेङ्खामा देवी र कुभ्याटङमा नुहाउने व्यवस्था रहेको छ ।