सहिदभूमी वडा नं ६ सुकेआहालमा दाेस्राे “बिहानी कप” खुला फुटबल प्रतियोगिता २०८१ हुदै

धनकुटा चैत २६,

धनकुटाकाे सहिदभूमी गाउँपालिका वडा नं ६ सुकेआहालमा विहानी युवा क्लबकाे आयोजना दाेस्राे “बिहानी कप” खुला फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।

नयाँ वर्षको अवसरमा आयोजना गर्न लागेको फुटबल प्रतियोगिता आगामी बैशाख ६ गते देखि ११ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको प्रथम पुरस्कार नगद ८५ हजार कप,मेडल प्रमाणपत्र रहेको छ ।

त्यस्तै गरि दाेस्राे पुरस्कार ४० हजार कप ,मेडल ,प्रमाणपत्र रहेको छ भने अन्य विभिन्न विद्यामा पनि पुरस्कार प्रदान गरिने आयाेजक विहानी क्लबले जनाएको छ । खेल सहिद भूमि गाउँपालिका वडा नं ६ स्थिति रहेको खेलमैदानमा सञ्चालन हुने छ ।