इण्डोनेसिया विरुद्ध अर्पणले कप्तानी गर्दा आक्रामण अभिषेकले सम्हाल्ने

387

काठमाडौं, ५ कात्तिक | एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप नेपालले अहिले इण्डोनेसियाको यू- २३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

ताजकिस्तानमा हुन लागेको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको सुरुवाती ११ सार्वजनिक गरेका छन् । नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गर्नेछन् । यस्तै, इण्डोनेसियाविरुद्ध नेपाली टोलीको आक्रामण लाइन अभिषेक रिजालसँगै मनीष डाँगी र आयुष घलानले सम्हाल्नेछन् ।

नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

नेपाली टोली

गोलरक्षक- अर्पण कार्की (कप्तान)
डिफेण्डर- सुमन अर्याल, अभिषेक लिम्बू, सुुरज जिउ ठकुरी, गौतम श्रेष्ठ
मिडफिल्डर- रोशन पहाडी, नितिन थापा, आयुष घलान, दर्शन गुरुङ, मनीष डाँगी
स्ट्राइकर- अभिषेक रिजाल

Previous articleआमाको काखमै बालबालिका खोस्न आउँछ चितुवा
Next articleआरटिजीएस प्रणाली शनिबार पनि चल्ने

Leave a Reply