पाख्रीबास वडा नं ९ उत्तरपानीमा जारी खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिताकाे उपाधी छथरजाेरपाटि फुटबल क्लबलाई

धनकुटा जेठ ३०,

धनकुटाकाे पाख्रीबास नगरपालिका वडा नं ९ र वडा खेलकुद विकास समितिकाे संयुक्त आयाेजनामा जारी खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिताकाे उपाधी छथरजाेरपाटि फुटबल क्लबले हात पार्न सफल भएको छ ।

जेठ २५ गते देखि वडा अध्यक्ष सम्झना आलेकाे अध्यक्षतामा सञ्चालित   फुटबल प्रतियोगिताकाे बुधबार सम्पन्न फाईनल खेल अन्तरगत छथर जोरपाटी फुटबल क्लब र बुढाहाङ्ग फुटबल क्लब सहिदभूमि बिच भएको खेलमा ट्राइब्रेकरमा छथरजाेरपाटी फुटबल क्लबले २ का विरुद्ध ३ गाेल लगाउदै खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधी जितेको हाे । उस्ले जित संगै नगद पैसठ्ठि हजार ट्रफी मेडल प्रमाणपत्र पुरस्कार पायाे  । यस्तै उपविजेता बुढाहाङ्ग फुटबल क्लब सहिदभूमिले नगद ३५ हजार ट्रफी मेडल प्रमाणपत्र पाए ।

खेलकाे म्यान अफद म्याच छथरजाेरपाटी फुटबल क्लबका जर्सी नं ७ का खेलाडी विनाेद क्षेत्री , राईजिङ प्लेयर भक्त बाेलाना एफसिका जर्सि नं ३० का खेलाडी अप्सन राई , हाइ स्काेरर बुढाहाङ फुटबल क्लबका जर्सि नं १० ईतु राई ,बेस्ट किपर छथरजाेरपाटी फुटबल क्लब जर्सि नं १६ प्रेम लिम्बू ,बेस्ट डिफेन्डर छथरजाेरपाटी फुटबल क्लब जर्सि नं ५ सुदिप लिम्बू , बेस्ट काेच छथरजाेरपाटी फुटबल क्लबका वाङदी सेर्पा घाेषित भए भने उनिहरुले नगद २५ -२५ सय नगद सहित विधागत पुरस्कार पाएकाछन् । यस्तै खेलकाे उत्कृष्ट खेलाडी बुढाहाङ फुटबल क्लबका जर्सि नं ४ खेलाडी साने राई घाेषणा गरे घाेषणा संगै उस्ले नगद ४ हजार  पुरस्कार पाउन सफल भएको थियोे । खेल समापन कार्यक्रमका प्रमुख अतिथि पाख्रीबास नगरपालिकाकाे मेयर ज्ञान बहादुर गुरुङ , विशेष अतिथि पाख्रीबास नगरपालिकाकाे उपमेयर नम्रता देउजाले खेलका विजेता उपविजेता हुने खेलाडीलाई पुरस्कार प्रदान गर्नु भएको थियो । तेस्तै गरि कार्यक्रममा पाख्रीबास नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सराेज राई , धनकुटा नगरपालिका वडा नं १० का वडा अध्यक्ष नगेन्द्र पाण्डे ,जिल्ला खेलकुद विकास समिति अध्यक्ष मनाेज चाम्लिङ राई , जिल्ला फुटबल संघका उपाध्यक्ष उमेश राई वडा सदस्य पहलमान घिसिङ , वडा सदस्य मदन आले, वडा सदस्य डम्बर कुमारी दर्जी , समाजसेवी बुद्धिजीवी यज्ञ घिसिङ, जलाशय बाेडिङ स्कुलका प्रमुख लाेकेन्द्र घिसिङ लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम सामाजिक व्यक्तित्वहरुकाे उपस्थिति थियोे ।

खेल सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगीहरुलाई वडा अध्यक्ष सम्झना आलेले मायाको चिनाे प्रदान गरेका थिए  भने  कार्यक्रमकाे स्वागत मन्तव्य वडा सचिव अनिल तिम्सिनाले गर्नु भएको थियोे । कार्यक्रमकाे सञ्चालन सञ्चारकर्मी मानवी माेक्तानले गरेका थिए । खेल प्राबिधिक शिक्षालयकाे खेल मैदानमा खेलाईएकाे थियोे । फाईनल खेलकाे अवसरमा प्राबिधिक शिक्षालयका शिक्षक र वडा नं ९ का कर्मचारी खेल स्पाेन्सरहरु बिच भएको मैत्रीपूर्ण खेलमा प्राविधिक शिक्षालयले जितेको थियोे । जित संगै उस्ले बाेका उपहार पाएका थिए ।