
सिन्धुपाल्चोक, कार्तिक १३ । “लिसंखु पाखर कप” फुटबल प्रतियोगिता सम्पन्न भएको छ |अन्दर्बुङ्ग प्रगतिशील युवा क्लब र छार म्हेंदो युवा क्लब बीच भएको फाइनल खेलमा समय अवधि भरि बराबरी भएपछि पेनाल्टी मार्फत १ गोला को अग्रताले अन्दर्बुङ्ग प्रगतिशील युवा क्लब प्रथम भएको हो |
साथै दितीय र तृतीय मा छारम्हेन्दो युवा क्लव र घ्याङ डाडा युवा क्लब भएको थियो | कार्तिक ५ गते देखी गाउँ पालिकाको अत्तरपुर खेल मैदानमा संचालन रहेको प्रतियोगिता कार्तिक १३ गते समापन गरिएको हो | प्रतियोगितामा २७ वटा फुटबल क्लबहरुले सहभागी भई उत्कृष्ट खेलहरु खेलेका थिए ।
प्रतियोगितामा प्रथम बिजेतालाई ट्रफी,मेडल र १ लाख ५० हजार, दितीयलाई ट्रफी,मेडल र ७५ हजार र तृतीय हुने लाई ट्रफी, मेडल र ३५ हजार पुरुस्कार हस्तान्तरण गरिएको थियो ।
खेलको अन्तिम दिन खेल शुरु हुनु अगाडि समपन समारोह उदघाटन कार्यक्रम राखेको थियो | कार्यक्रममा प्रमुख अथितिको रुपमा पालिका अध्यक्ष राजु लामा, बिशेष अथितीको रुपमा पालिका उपा-अध्यक्ष मिठु लामा र अन्य अथितिहरुको रुपमा वडा अध्यक्ष , वडा सदस्यहरु साथै पालिकामा कार्यरत प्रशासकीय प्रमुख ,कर्मचारी , सामाजिक अभियन्ताहरु रहेको थियो । प्रमुख अथितिको रुपमा बोल्दै अध्यक्ष लामाले अब हुने खेलहरु पालिका द्वारा नै आयोजना गर्ने बताउनु भयो |
सिद्धार्थ युवा क्लव आयोजक रहेको प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा लिसंखु पाखर गाउँपालिका रहेको थियो | प्रतियोगिताको दौरान बिभिन्न बाधा अड्चनहरु आइपरे पनि खेल सौहार्द पूर्ण वातावरणमा सम्पन्न भएको आयोजक संयोजक पेमा तामाङले बताउनु भयो | साथै सामाजिक, आर्थिक, शैक्षिक, गतिविधि संगै सिद्धार्थ युवा क्लबलाई उच्चा स्थानमा पुर्याउने योजना रहेको सिद्धार्थ युवा क्लबका अध्यक्ष दावा मोक्तानले बताउनु भयो |