
धनकुटा ,
धनकुटाकाे सहिदभूमि गाउँपालिकामा जारी दाेस्राे अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिताकाे उपाधि वडा नं ३ र वडा नं ५ ले जितेको छ । बुधबार सम्पन्न फाईनल खेलमा पुरुष तर्फ दाेस्राे अध्यक्ष कपकाे उपाधि सहिदभूमि वडा नं ३ ‘A’ र सहिदभूमि वडा नं.३ ‘B’ बिच भएको खेलमा बेस्टअफ फाईभमा ३-२ गाेल अन्तरले ‘B’लाई हराउँदै उपाधि हाँसिल गरेको हाे ।
त्यस्तै उसले उपाधि संगै नगद ५५ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पाए । उपबिजेता सहिदभूमि ३ ‘B’ले नगत ३५ हजार सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरे । सान्त्वना तृतीय हुन सफल सहिदभूमि वडा नं १ ‘A’ले पनि नगद २० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरे ।
यस्तै महिलातर्फ सहिदभूमि वडा नं ५ ‘A’ ले दाेस्राे अध्यक्ष कपकाे उपाधि २-१ गाेल लगाउदै उपाधि जितेको हाे । जित संगै सहिदभूमि ५ ‘A’ले नगद ५५ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पाए । यस्तै उपविजेता सहिदभूमि ५ ‘B’ले पनि नगद ३५ हजार ट्रफी मेडल प्रमाणपत्र हात पार्याे । सान्त्वना तृतीय हुन सफल महिला तर्फको वडा नं ४ ‘A’ले पनि नगद २० हजार मेडल प्रमाणपत्र पाए ।
पुरुषतर्फ उत्कृष्ट खेलाडी सहिदभूमि वाडा नं ३ ‘A’ का खेलाडी एमसन राई बन्न सफल भयो भने उदयमान खेलाडी को रूपमा सहिदभूमि वडा नं १’A’ का खेलाडी सुशान्त थापा छनोट भए । यस्तै गरी, महिलातर्फको उत्कृष्ट खेलाडी सहिदभूमि वडा नं . ५ ‘A’ का खेलाडी रिया राई बने भने उदयमान खेलाडी को रूपमा सहिदभूमि वडा नं ५ ‘A’ का खेलाडी प्रदिशा राई छनोट भए । दुवै तर्फकका उत्कृष्ट खेलाडीलाई नगद १५ सय , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियोे । उदयमान खेलाडीहरुलाई पनि नगद १ /१ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
खेल समापन कार्यक्रममा सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राई , उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की , ७ वटै वडाका वडाध्यक्षहरूले पुरस्कार वितरण गरेको थियोे । यस्तै जनप्रतिनिधिहरू , कर्मचारीहरू, शिक्षक/ प्रधानाध्यपक, सुरक्षाकर्मीहरू लगायतको उपस्थिति थियो ।