“सुपर प्लस साईज मोडल नेपाल, २०१९” को ताज सन्ध्या केसीलाई

875

काठमाडौं–  काठमाडौं : “सुपर प्लस साईज मोडल नेपाल, २०१९” सन्ध्या केसीले जितेकी छिन् ।

राजधानीको बालकोटस्थित सिरुटारकी स्थानियवासी सन्ध्या केसी मोडल सङ्ग्स नेपालको आयोजनामा काठमाडौंमा भर्खरै सम्पन्न “सुपर प्लस साईज मोडल नेपाल, २०१९ को ताज पहिरिन सफल भएकी छिन । भविष्यमा एक कुशल नर्स बन्ने लक्ष्य लिएर नर्सिङतर्फ स्नातक तहमा अध्ययनरत सन्ध्याले सैनिक आवाशिय महाबिध्यालयबाट बिद्यालय तहको शिक्षा पुरा गरेकी थिईन ।

स्नातक तहमा अध्ययनरहत रहदा प्लस साईज भएका महिला तथा युवतीहरुलाई लक्षित गरी मोडल सङ्ग्स नेपालले काठमाडौमा अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता आयोजना गर्दैछ भन्ने थाह पाएपश्चात सानै देखिको मोडलिङ क्षेत्रमा प्रवेश गर्ने इच्छा–रहर पुरा गर्न तथा नेपाली समुदायमा मोडलिङ क्षेत्र प्रतिको सोचलाई परिबर्तन गर्दै प्लस साइज मोडलहरुको लागि एउटा मार्गदर्शक बन्ने उदेश्यका साथ यो क्षेत्रमा प्रवेश गरेको मोडल तथा सुपर प्लस साईज मोडल नेपालकी विजेता सन्ध्या बताउछिन ।

प्लस साईज मोडल केसी भन्छिन– एक समय नेपाल लगायत विश्व बजारमा स्लिम साइज फिगरलाई फेसन र मोडलिङको प्रमुख आवश्यकता मानिदै आएको थियो तर पछिल्लो समय जिरो साइज फिगरलाई माल्न्युट्रिसन अर्थात् पौष्टिक आहारको कमी सहितको शरीरसित तुलना गर्न समेत थालिएको छ । अब भने जुनसुकै साईज र हेल्दी शारीरिक सौन्दर्यले यो क्षेत्रमा प्राथमिकता पाउँदै गएको छ । पछिल्लो समय विश्व मानचित्रमा सुन्दरताको परिभाषा समय अनुरूप परिवर्तन हुँदै गएको देखिन्छ।

आत्मविश्वास र दृढ निश्चयका साथ आफ्नो उद्देश्यमा निरन्तर लाग्न सकियो भने संसारको कुनै पनि तागतले कसैलाई रोक्न–छेक्न सक्दैन भनेर आफु जस्तै प्लस साइज भएर, क्षमता भएरपनि सामजले के भन्ला ? भनी एक्सपोज हुन डराएर बस्नेहरुलाई प्रेरणा बाड्न चाहने मोडल केसी नेपालमा प्लस साइज मोडलिङको बारे सबैमा ज्ञान नहुनेले समेत यस्तो समस्या धेरै देखिएको बताउछिन ।

नेपाली समाजमा मोडल भन्ने बितिकै चिटिक्क जिउडाल मिलेकी सुन्दरीमात्र बुझिने गरेकोमा अझ मोटी केटीहरुले आफुलाई व्यवसायिक मोडलको रुपमा स्थापित गर्न सक्छन् भन्ने बारे चाहिँ निकै कम नेपालीहरुलाई मात्र थाहा भएको विषय भएकाले समेत यसतर्फ धेरैको ध्यान नपुगेको हो । तर विश्वमा यो ट्रेण्डले सौन्दर्य तथा फेशन ईण्डस्ट्रीमा राम्रो स्थान पाउन थालिसकेको छ । पछिल्लो समय ठुला तथा ब्रान्डेड कम्पनीहरुले पनि प्लस साइज मोडललाई आफनो व्यापार प्रचार प्रसार र प्रबर्धनमा प्रयोग गरेको पाइन्छ र वलिवुड तथा हलिवुडमा चलचित्र, म्युजिक भिडियोमा समेत प्रशस्तै रुपमा प्लस साईज मोडल देख्न सकिन्छ। त्यस कारण समेत आफु प्लस साइज मोडलको रुपमा यो क्षेत्रमा आकर्षित हुदै गएको बताउछिन ।

भनिन्छ, ब्युटी कम्स इन अल शेप्स एन्ड साइजेज अर्थात् सुन्दरता विभिन्न आकार–प्रकारमा आउँछ । यही अवधारणासँगै बितेका कैयौं वर्ष मोटोपनलाई भद्दा मान्ने नेपाली समाजमा अब यसलाई प्लस साइज ब्युटीको संज्ञा दिंदै सम्मान गर्न थालिएको छ । अब स्लिम अर फ्याट, ह्वाट म्याटर्स इज फिट एन्ड हेल्दी बडी भन्ने अवधारणा नेपाली तथा विश्व समाजमा अघि बढ्न थालेको केसीको भनाई रहेको छ ।

नेपाली समाजमा मोटोपनलाई हेयको दृष्टीले हेर्नेहरुको जमात अझैपनि धेरै नै भएकाले यो परिपाटीमा आफुले केही भएपनि सकारात्मक सन्देश दिन तथा प्लस साईज भएकाहरुमा समेत प्रतिभा हुने र तिनले समेत अन्यले झै आफ्नु प्रतिभामार्फत देश तथा विदेशमा आफुलाई सक्षम सावित गर्न सक्छन साथै मोटोपन भद्दा नभई शारीरिक सौन्दर्यको अर्को रुप भएको उनको भनाइ रहेको छ । मोटोपनसँगै पनि हरेक मानिस फिट एवं स्वस्थ रहन सकिन्छ भन्ने कुरा समाजमा रहेका नकारात्मक बुझाइ भएकाहरुलाई बुझाउनु पर्ने समेत बताउछिन ।

सुपर प्लस साइज नेपाल २०१९ मा प्रतिस्पर्धी हुँदै उक्त सौन्दर्य प्रतियोगिताको उपाधि जितेसँगै आफ्नो प्लस साइज सुन्दरताप्रति अझ बढी गौरव महसुस भएको बताउने केसी मोटोपन कमजोरी नभएर यो सौन्दर्यकै अर्को पाटो भएको दाबी गर्छिन् । शरीरिक मोटोपनाले कसैको आत्मविश्वास, प्रतिभा र बौद्धिक क्षमतालाई कम आँकलन गर्नु बुद्दिजिवी–सचेत नगरिकको गलत टिप्पणी रहेको प्लस साईज सुन्दरी सन्ध्या केसीको भनाई रहेको छ ।

Previous articleहावाहुरीबाट घाईते भएका ५ बर्षिय बालकको मृत्यु
Next articleक्याप्टेन लामाले भने– ‘बिकाश गर्न अङ्ग्रेजी बोल्नु पर्दैन, स्वच्छ सोच र निस्वार्थ कामहरु सहि योजनाका साथ गरे पुग्छ !’

Leave a Reply