
धनकुटा जेठ,
सहिदभूमि गाउँमापालिका धनकुटा र संघीय खानेपानी तथा ढल व्यस्थापन आयाेजना धनकुटा बिच सहिद भूमि गाउँपालिकाकाे खानेपानी आयोजना बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सहिदभूमि गाउँ पालिका कार्यलय धनकुटाकाे सभाहलमा गाउँ पालिका अध्यक्ष मनाेज राई , उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की , संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनकुटाका प्रमुख भाेला प्रसाद थापा , ईन्जिनियरहरु र वडाअध्यक्ष जनप्रतिनिधि बिच सहिद भूमि गाउँ पालिका धनकुटामा २०८१/०८२ मा कार्यनयन मा आउनुपर्ने संघ बाट सञ्चालित आयाेजनाका विषयमा छलफल भएको थियोे ।
सहिदभूमि बृहत् खानेपानी आयोजना सञ्चालनमा आउनका लागि भईरहेकाे प्रयास तथा किन सकिरहेको छैन भन्ने विषयमा पनि छलफल भएको थियोे ।
साेहि क्रममा बजेट विनियोजनका क्रममा संघ ,प्रदेश र पालिकाकाे आयाेजना डुब्लिकेसन दाेहाेरिन नदिने बारे छलफल भएको थियोे । कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनकुटाका प्रमुख भाेला प्रसाद थापाले संघीय आयोजनामा समेटिएको कार्यन्वयनमा आउनुपर्ने याेजनाका विषयमा जानकारी गराउनु हुदै साप्तिङ्गटार,नियापाेखरी,बरबाेटे,
सुकेआहाल , लिफ्ट ,चेप्ला खाेला ,पाखा,चाम्चा,डाडाकटेरी ,खानीखाेला बेलटार सहिदभूमि ६ र ७ ,
यस्तै अधेरी खाेला,रातामाटे,सिमले धाप,जन्तरपानी गुर्धुम, माथिल्लो ,हंगुवा, तल्लो हंगुवा, पुङथुङ पाेखरे, त्रिवेणी ,सफाइटार ,खापायाे ,सहिदभूमि १ , यसैगरि तिनतले लुङढाङ, वाती ,दुरुमटार,त्रिभुङ खाेला,छपाैली ,टाकुरे,कागुने,ललाहाङ्ग,ललाहनी,सेलेले,बुर्खा ,खानेपानी ,सहिदभूमि २-३ र चुङराेङ्गखाेला पञ्चकष्ण लिफ्ट / लघाेङ्ग,चुच्चे ढुंगा खापायाे खानेपानी आयोजना संघबाट सञ्चालनहुने आयोजना भित्र पर्ने भएकाले प्रदेश र पालिकाबाट छनाैट खानेपानी याेजना दाेहाेरिन नदिन सुझाव दिनुभयो । त्यस्तै गरि सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राईले पालिकाले आयोजना छनाैट गर्ने क्रममा नदाेहाेरिने गरि याेजना छनाैट गर्न वडाअध्यक्ष तथा खानेपानी उपभोक्ता समिति अध्यक्षहरुलाई निर्देश दिनुभयो । उहाले आयोजना छनाैटमा समेटिएका संघसरकार बाट कार्यन्वयनमा आउनलागेकाे आयोजना कार्वन्वयनका लागि पालिकाले पहल गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । अवसरमा सहिदभूमि गाउँ पालिका वडानम्वर १ का वडाअध्यक्ष रमेशकुमार राई र वडा नं ६ का वडाअध्यक्ष हेम कुमार राईले आयोजना बारे आफ्नो जिज्ञासा राखेका थिए । साे कार्यक्रममा उपभोक्ता समिति प्रमुखहरुकाे पनि उपस्थिति थियोे ।