सहिदभूमि गाउँपालिकाद्वरा सर्वाेत्कृषट , उत्कृष्ट कर्मचारी सम्मान ,

असार १३ धनकुटा ।

सहिदभूमि गाउँपालिकाकाे दोस्रो गाउँसभाको पाँचौ अधिवेशनको तेस्रो बैठककाे अवसरमा सर्वाेत्कृषट , उत्कृष्ट कर्मचारी सम्मान गरेको छ । यस गाउँपालिकाको गाउँसभाको पाँचौ अधिवेशनको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा र पालिकामा कार्यरत कर्मचारीलाई सम्मान गरिएको हाे ।

सम्मानित हुनुे सर्वाेत्कृष्ट कर्मचारीमा पालिकाकाे प्राविधिक शाखा प्रमुख सरद पण्डितलाई नगद १५ हजार सम्मानपत्र र दाेसल्ला ओढाएर पालिका अध्यक्ष मनाेज राई , उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की र वडा अध्यक्षहरुले सम्मान गर्नुभएको थियोे ।

यस्तै गरि उत्कृष्ट कर्मचारीमा वडा नं १ वडा कार्यलयका कार्यलय सहयोगी मणि कुमार राई , यश अघि पालिकाकाे शिक्षा तथा युवा खेलकुद विकास शाखामा कार्यरत भखरै सरुवा भएर मादि नगरपालिका पुग्नु  भएका कर्मचारी बद्री कार्कि , वाड नं ५ का स्वास्थ्य कार्यलयका अनमी भाग्य माया राई, वडा नं २ का वडा सचिव टंक प्रसाद राईलाई नगद १०/१० हजार सहित सम्मान पत्र र दाेसल्लाले अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय प्रमुख , वडा अध्यक्षहरुले सम्मान गरिएको थियोे । साेहि अवसरमा स्वर्गीय झनकलाल राईलाई सहिदभूमि सेवा पदक तथा नगद २० हजार र दाेसल्लाले सम्मान गरिएको छ । स्वर्गीय राई पालिकाकाे वडा नं ७ मा पाँचौ तह वडा सचिव पदमा कार्यरत राईको यहि मिति २०८१ साल असार २ गते असामहिक निधन भएको थियोे ।
गाउँपालिकाले प्रत्येक वर्ष उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै आएको गाउँपालिका अध्यक्ष मनाेज राईले बताउनुभयो । सम्मानले कार्य सम्पादनमा थप प्रभावकारिता हुने भन्दै उहाँले आगामी दिनमा अन्य कर्मचारीलाई पनि उत्कृष्ट कार्य सम्पादन गर्न प्राेत्साहान मिल्ने विश्वास लिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले कर्मचारीकाे उत्कृष्ट कार्यसम्पादनकाे आधारमा सम्मान गरिएको बताउनुभयो । गाउँ पालिका उपाध्यक्ष रत्नश्वरीराईले पनि कर्मचारीहरुले अहिलेसम्म पालिकामा गरिरहेकाे कार्यसम्पादनकाे प्रशंसा गर्नुहुदै बधाई तथा शुभकामना दिनुभयो ।

यस्तै वडाअध्यक्षहरुकाे तर्फबाट वडा नं २ का वडा अध्यक्ष खगेन्द्र राईले पनि पालिका तथा वडामा कार्यरत कर्मचारीहरुबाट राम्रो ढंगले कार्यसम्पादन भईरहेकाे भन्दै आगामी दिनमा पनि सम्मान कार्यक्रमले  उत्कृष्ट  कार्यसम्पादन हुने विश्वास व्यक्त गर्नुभयो । साेहि अवसरमा सम्मानित तथा सरुवा भएर जानुभएका कर्मचारी बद्री कार्कीलाई मायाको चिनाे प्रदान गरेर बिदाई गरिएको थियोे । सम्मानित कर्मचारीहरुकाे तर्फबाट सरद पण्डित र बद्री कार्कीले धन्यवाद दिनुहुँदै काम गर्ने क्रममा सम्मानले थप जिम्मेवारी थपिएको महसुस भएको बताए, ।

oplus_1026
oplus_1026
oplus_1026
oplus_1026
oplus_1026
oplus_1026
oplus_1026