हावाहुरीबाट घाईते भएका ५ बर्षिय बालकको मृत्यु

614

पर्सा– आइतबार साँझ आएको विनाशकारी आँधीबाट घाइते भई यहाँस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका पाँच वर्षीय फैजल अन्सारीको उपचारको क्रममा आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सो हावाहुरीबाट घाइते भएका बाराको फेटा गाउँपालिका–६ बस्ने फिरोज अन्सारीका छोरा सख्त घाइते भएकाले उपचारको लागि नेशनल मेडिकल अस्पतालमा भर्ना गराएकामा आज उनको मृत्यु भएको हो ।

हावाहुरीमा परी मृत्यु हुनेको सङ्ख्या बारामा मात्रै २८ पुगेको छ । पर्सामा दुई गरी ३० जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

Previous articleसिड्नीमा नेपाली र अस्ट्रेलियन विद्यार्थीको ‘ग्याङ फाइट’!
Next article“सुपर प्लस साईज मोडल नेपाल, २०१९” को ताज सन्ध्या केसीलाई

Leave a Reply