बारा – हावाहुरी प्रभावित क्षेत्रमा सामूहिक ‘मेस’ सञ्चालन गरिएको छ ।
आइतबार राति आएको शक्तिशाली हावाहुरीले प्रभावित बनाएको बाराको भरवलियमा हावाहुरीका कारण बालबालिकाको विचल्ली भएर भोकै परेपछि मंगलबार९आज० विहान सामूहिक रुपमा खान खुवाउने व्यवस्था गरिएको थियो ।
हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ भने ५०० भन्दा धेरै घाइते भएका छन् ।
सामान्य अवस्थामा रहेकाहरुको अवस्था पनि निकै कष्ठकर छ । खाना, पानी र बसोबासको उचित व्यवस्था नहुँदा उनीहरुले कष्ठकर रात विताएका छन् । हावाहुरीबाट बालबालिका र बृद्धबृद्धा धेरै प्रभावित रहेका छन् ।
प्रभावित क्षेत्रमा विभिन्न सामाजिक संघ संस्था, प्रदेश सरकार र विभिन्न दलका कार्यकर्ता, सेना, शसस्त्र प्रहरी, प्रहरीले उद्धार र राहतको काम गरिरहेका छन् ।