धनकुटा असार ९ ,
नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागकाे आयोजनामा शनिबार पार्टी कार्यलयकाे हलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग र प्रेस चाैतारी नेपाल धनकुटा काे संयुक्त सहभागीलाई प्रशिक्षण दिईएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय कमिटी सदस्य एवं काेशि प्रदेश प्रचार तथा प्रकाशन विभाग संयाेजक युवराज वास्काेटाले पार्टीको प्रचारप्रसार काम कसरी व्यवस्थित गर्ने , अबकाे याेजना , प्रचारप्रसार क्षेत्रमा सुधारका लागि भएको प्रयास , मल्टिमिडिया प्रयाेग लगायत विभिन्न विषयमा प्रशिक्षण गर्नु भएको थियोे ।

कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्य सकुन्तला बस्नेत र जिल्ला पार्टी अध्यक्ष एवम प्रदेश संसद ईन्द्रमणी पराजुलीले सल्लाह सुझाव सहित निर्देशनात्मक मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा पार्टीका जिल्लाका नेता तथा प्रेस चाैतारीका पत्रकारहरुकाे सहभागी थियोे। कार्यक्रम जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख साबित्रा राईकाे अध्यक्षतामा सञ्चालन भएको थियोे ।