काम नगरेमा आर्थिक रुपान्तरण हुन नसक्ने भन्दै उत्पादनमूलक काममा लाग्न सबैलाई मन्त्री राजेन्द्र राईको आग्रह,

धनकुटा

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र राईले जनताको गरिवी घटाउँने गरी काम गर्ने बताएका छन् । सोनाम ल्होछारको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका–९ उत्तरपानीस्थित ङायूर थर्पोलिङ्ग गुम्वा व्यवस्थापन समितीको आयोजनामा गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई संवोधन गर्दै मन्त्री राईले यस्तो बताउनु भएको हो । सरकारले गरिवी घटाउँने उद्धेश्यसहित काम गरिरहेको भन्दै मन्त्री राईले त्यसका लागि श्रम गर्ने र उत्पादनमूलक काममा लाग्नेलाई प्रोत्साहन गरिने बताउनु भयो ।

काम नगरेमा आर्थिक रुपान्तरण हुन नसक्ने भन्दै उहाँले उत्पादनमूलक काममा लाग्न सबैलाई आग्रह पनि गर्नु भयो । ‘काम नगरी आर्थिक र सामाजिक रुपान्तरण हुन सक्दैन, सरकारले पनि श्रम गर्ने र उत्पादनमूलक काम गर्नेलाई प्रोत्साहन गर्छ,’ मन्त्री राईले भने, ‘हामी सबै काममा लागौं, उत्पादनमूलक काम गरौं, आफु पनि समृद्ध बनौं, मुलुकलाई पनि समृद्धीको दिसातर्फ अघि बढाऔं ।’ मन्त्री राईले मुलुकको परिवर्तनका लागि शैक्षिक, आर्थिक र सामाजिक रुपान्तरणको खाँचो औल्याए । धनकुटामा गरिबी क्रमिक रुपमा घट्दै गएको प्रति खुशी व्यक्त गर्दै उनले अझै गरिबी घटाउँने गरी काममा लाग्न जिल्लाबासीलाई आग्रह पनि गरेका छन् । फरक प्रशंगमा मन्त्री राईले मुलुकको अर्थतन्त्र मजवुत बनाउँन सहकारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

सबै जना मिलेर सामुहिक लगानी, सामुहिक उत्पादन र सामुहिक वितरण गरिने हुनाले सहकारी क्षेत्रले समाजको विकासमा निकै टेवा पुर्याएको उनको भनाई छ । सहकारी क्षेत्रमा केही समस्याहरु पनि देखिएको भन्दै उनले त्यस्ता समस्यालाई पहिचान गरेर समाधान गरिने धारणा राखे । सवै पर्वको आ–आफ्नै महत्व रहेको भन्दै उनले सोनाम ल्होछारको सबैलाई शुभकामना दिनु भएको थियो ।

सोहि अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती धनकुटाको आयोजनामा धनकुटाको हिलेमा शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । घेदुङका कार्यबाहाक अध्यक्ष गंगाराम गोम्देनको अध्यक्षतामा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि मन्त्री राईले शुभकामना दिनु भएको थियो । कार्यक्रममा संसद इन्द्रमणी पराजुली , निरन राई , घेदङका केन्द्रिय सदस्य विष्णु मोक्तान , जिल्ला आदिबासीजनजाति महासंघ धनकुटाका अध्यक्ष सन्जय सन्तोषि राई, जिल्ला समन्यव समिती धनकुटाका प्रमुख निरेन तामाङ ,फोनिज प्रदेश अध्यक्ष सन्तबीर लामा , सहदिभुमि गााउपालिका अध्यक्ष मनोज राई , पाख्रीबास नगरपालिकाका उपप्रमुख नम्रता गौतम , वडाहध्यक्षहरु वाङद थिङ ,सम्झना आले , सरोज राई , हेमकुमार राई लगायत विभिन्न क्षेत्रका समाजसेवि वुद्धिविवि ,स्थानिय बासीको उपस्थिति थियो ।