सहिदभुमि गााउपालिका वडा नं ३ मा ACDC  को आयोजनामा कानुनी सचेतना कार्यक्रम सम्पन्न

धनकुटा बैशाख ६
सहिदभुमि गााउपालिका वडा नं ३ मा ACDC  को आयोजनामा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । महिला दिदिबहिनिहरुलाई कानुनि कुराहरु सिकाउने उद्धेश्यले आयोजना गरेको कार्यक्रम वडा नं ३ मा दुइदिन सम्म सञ्चालन गरेको वडाले जनाएको छ ।


वडा ३ का वडा अध्यक्ष होमनाथ राईको अध्यक्ष्तामा सञ्चालित सचेतना कार्यक्रममा वडा भित्रका ८० जना महिलाको सहभागिता थियो । सो कार्यक्रमको सहजिकरण पर्डेप नेपालका कार्यकारी निर्देशक मीन सुवेदी र खेम घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा महिला हक अधिकार ,महिला हिंसा ,महिला मैत्रि कानुन महिला सहभागिता ,महिला हिंसा नियन्त्रणका लागि कानुनि व्यवस्था लगायतको बारेमा सहजिकरण गर्नु भएको थियो ।

र्काक्रमका प्रमुख अतिथि सहिदभुमि गाउपालिका अध्यक्ष मनोज राईले कार्यक्रममा बोल्नु हुदै महिला विरुद्ध हुने विभिन्न हिंसा,अधिकार र कानुनी कुरामा सबै जानकार हुन आवाश्यक रहेको बताउदै उहााले यस्ता कार्यक्रमलाई पालिकाले प्राथमितामा राखिएको बताउनु भयो ।