सत् प्रतिसत हकप्रद शेयर निष्कासन गर्दै अपर तामाकोशी

1319

दोलखा,२३ फागुन | अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गर्न फागुन १८ गते नेपाल धितोपत्र बोर्ड सँग अनुमति मागेको छ। कम्पनीले १ः१ अनुपातमा अर्थात् सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगले गत फागुन १६ गते स्वीकृति प्रदान गरेको थियो ।

कम्पनीले हकप्रद शेयर विक्रीबाट प्राप्त रकम कम्पनीका सहायक जलविद्युत् आयोजनाहरु रोल्वालिङ खोला जलविद्युत् र तामाकोशी–५ जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने जनाएको छ। स्वदेशी लगानीमा निर्माण भएको अपर तामाकोशीको क्षमता ४५६ मेगावाट रहेको छ। कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

हकप्रद शेयर निष्कासन गर्न लागेको यो कम्पनी चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार रू. ८२ करोड ४८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । कम्पनीको हालको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ भने हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ ।

Previous articleतोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Next articleस्ववियु निर्वाचनमा तीन क्रान्तिकारी विद्यार्थी संगठनले सहकार्य गर्ने, संयुक्त घोषणापत्र सार्वजनिक (भिडियोसहित)

Leave a Reply