
काठमाडौँ । मेलुङ थकाली किचेनको एक भव्य समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका छन् । काठमाडौँ बालुवाटार स्थित रहेको यो मेलुङ थकाली किचेन बर्गर हाउसका मालिक बसन्त लामा द्वारा अठौ साखाको रुमा संचालनमा ल्याएको हो ।
उद्घाटन कार्यक्रमा बोल्दै मुख्यमन्त्री लामाले भन्नु भयो – बागमती प्रदेशले युवा व्यवसायलाई लक्षित गरेर नयाँ योजना अघि बढाइरहेको , र प्रदेश सरकारले कर प्रणालीलाई व्यवस्थित गर्दै डिप्लोमा गरेका युवाहरुका लागि सीप विकास कार्यक्रम ल्याइसकेको जानकारी दिए । साथै व्यवसाय सञ्चालन गर्न चाहने युवाहरूलाई ३% सहुलियत ब्याजदरमा समेत ऋण उपलब्ध गराउने बताए ।
यसै गरी संचालक बसन्त लामाले आफ्नो धारणा राख्दै भन्नु भयो – नयाँ पुस्तामा थकाली खानाको लोकप्रियता बढ्दै गइरहेको छ र बर्गर जस्तै थकाली खानाले पनि ग्राहकलाई आकर्षित गर्ने क्षमता रहेको छ । “हामी आफैं थकाली खाना बनाउन सक्षम छौँ र ग्राहकलाई शुद्ध तथा मौलिक स्वाद चखाएर लोभ्याउनेछौँ ।
मेलुङ थकाली किचेनले मौलिक नेपाली स्वादलाई जगेर्ना गर्दै उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। स्थानीय स्वादलाई प्रवर्द्धन गर्नुका साथै नेपाली युवाहरु लाई उद्यमशीलता तर्फ आकर्षित गर्ने विश्वास गरिएको छ।