माछापुच्छ्र्रे बैंक लि.र लुलु एक्सचेन्ज बीच सम्झौता ।

638

काठमाडौँ,२१ फागुन | माछापुछ्रे बैंक लि.ले बहराईनमा बैंदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा लुलु एक्सचेन्जको तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज (Mr. Edison Fernandez) तथा माछापुच्छ्रे बैंक लि.को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सर्जु कुमार थापाले हस्ताक्षर गर्नुभएको हो । उक्त सम्झौता पश्चात बहराईनमा बस्ने नेपालीहरुले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ्रे बेंक लि. का जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Previous articleदण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो– प्रधानमन्त्री प्रचण्ड
Next articleराजधानीमा होली लक्षित मापसे चेकजाँच

Leave a Reply