सहिद राकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवलको उपाधि धनकुटा नगरपालिकालाई

 

धनकुटा ,

धनकुटामा संचालित पालिकास्तरीय नकआउन महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले हात पारेको छ । धनकुटाको तल्लो टुँढिखेलमा आज सम्पन्न फाईनल खेलमा चौविसे गाउँपालिकालाई २–० गालले पराजित गर्दै धनकुटाले उपाधि जितेको हो ।

धनकुटा नगरपालिकाका खेलाडी सन्ध्या रम्तेल र भूमिका राईले १–१ गोल गर्दै उपाधि जित्न सफल भएका थिए । अघिल्लो संस्करणमा पनि चौविसे गाउँपालिकालाई पराजित गर्दै धनकुटा नगरपालिकाले उपाधी जितेको थियो । फाइलन खेलको ओमन अफ द म्याच धनकुटा नगरपालिका टिमकी र्तिथकुमारी लिम्बु घोषित भएकी थिईन । त्यस्तै प्रतियोगिता भर सर्वाधिक सात गोल गर्ने धनकुटा नगरपालिकाकी विर्सना चौधरीलाई मायाको चिनो स्वरुप एक थान जर्सी उपलब्ध गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र प्रतिष्ठानका अध्यक्ष इश्वरबहादुर श्रेष्ठ लगायतले नगद रु ६० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र त्यस्तै उपविजेतामा चौविसे गाउँपालिकालाई नगद रु ३० हजार सहित ट्रफी मेडल प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।