नेकपा एमाले महालक्ष्मी नगर द्वरा जनवर्गीय संगठनलाई प्रचारप्रसारकाे जिम्मेवारी ,

महालक्ष्मी नगरपालिकामा नेकपा एमाले महालक्ष्मी नगर कमिटी र निर्वाचन परिचालन समितिले जनवर्गीय संगठनहरुकाे निर्वाचन परिचालन तथा प्रचार -प्रसार समिति गठन गरिएकाे छ ।

महालक्ष्मी नगरपालिका निर्वाचन परिचालन समितिका संयाेजक पर्शुराम नेपालकाे अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बिच आसन्न मंसिर ४ काे संघ र प्रदेश सभा निर्वाचनमा एमाले पार्टीलाई बहुमतले विजयी गराउन नगर भित्रका विभिन्न जनवर्गीय संगठनलाई शसक्तरुपमा परिचालन गर्ने उद्वेश्यले प्रचारप्रसार समिति गठन गरेर जिम्मेवारी दिएको छ । राष्ट्रिय युबा सघं नेपाल नगरक कमिटी कुसुम तुम्बा संयाेजकत्वमा ५०१ सदस्य निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । सह संयोजक मा राजेन्द्र थापा लगायत रहेकाछन् । यस्तै अखिल नेमाल महिला सघकाे ३०१ सदस्य
मेनुका निरौला पौडेल संयाेजक र सह संयोजक निर्मला काफ्ले रहने गरि गठन गरिएको छ ।जेष्ठ नागरिक १५१ सदस्य संयोजकमा रुद्र ब तुम्बा सह संयोजक चित्र मणि कार्की रहेको छ ।

यस्तै बुद्दिजिबी तर्फ १५१ सदस्य संयोजक गोपाल भण्डारी सह संयोजक रामचन्द्र पौडेल रहेको छ । जनजाती तर्फ २५१ सदस्य संयोजक धन ब पुवर सह संयोजक लोक बहादुर श्रेष्ठ रहनुभएकाे छ । दलिद मुक्तिसमाज तर्फ १५१सदस्य संयोजकमा दिलिप गहतराज सह संयोजक ज्ञानेन्द्र दर्नाल , किसान संघ तर्फ १५१ सदस्य संयोजक कोमल सुबेदि, सह संयोजक निरजङ लिम्बू खिम यस्तै अनेरास्ववियु)तर्फ१५१सदस्यीय संयाेजक नवीन पाैडेल, सह संयाेजकहरु नेशल श्रेष्ठ र विशाल कार्की रहेकाछन् ।
साथै साेहि अवसरमा नवगठित प्रचारप्रसार समितिलाई आ-आफ्नाे साविक किमिटीहरु सँग समन्वय गरि कार्यन्वयन गर्नु गराउनुहुन एमाले नगर कमिटी निर्वाचन परिचालन कमिटीका संयाेज नेपालले  अनुरोध गर्नु भएको छ ।