
काठमाडौं, २७ भदौ । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बी को आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग खेल्दै छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने नेपाल र कतारबीचको खेल नेपाली समयअनुसार राति ११:४५ बजे सुरु हुनेछ । छनोटमा कतारको यो पहिलो खेल हुनेछ ।
नेपाल भने पहिलो खेलमै भुटानसँग २-० ले पारजित भएको थियो । कतारसँग खेल्दा नेपाल पहिलो अंकको खोजीमा हुनेछ । छनोटको समूह बी मा नेपाल र कतारसँग आयोजक बहराइन, भुटान र बंगलादेश छन् । नेपालले बहराइनसँग बिहीबार तेस्रो खेल र बंगलादेशसँग आइतबार अन्तिम खेल खेल्नेछ । समूह विजेता अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुनेछ ।