सम्मान कार्यक्रम सहित मनायो धनकुटामा तामाङ प्रसारण दिवस

धनकुटा
तामाङ पत्रकार संघ प्रदेश नं १ ले २८औँ तामाङ प्रसारण दिवस विभिन्न कार्यक्रम गरि धनकुटाको हिलेमा मनाएको छ । तामाङ पत्रकार संघ प्रदेश नं १ ले आयोजना गरेको कार्यक्रममातामाङ समुदायका अगुवाहरुले तामाङ समुदायहरुको पत्रकारहरुलाई व्यवसायीकबनाउनु पर्ने आजको आवश्यक रहेको बताएकाछन । तामाङ समुदायको सस्कार संस्कृतीएकदमै लोभ लाग्दो र जिवन्त रहेको हुदाँत्यसको प्रचार प्रसार र संरक्षणका लागि तामाङ पत्रकारहरुले अगुवाई गरेर कलम चलाउनु पर्नेमा उनीहरुले जोड दिएकाछन । तामाङहरु पछाडी परेको भन्दापनिपछाडी पारिएको हुदाआफ्नो समुदायको हितको लागि सशक्तरुपमा कलमचलाउन उनीहरुले तामाङ पत्रकारहरु सग आग्रह गरेका छन ।
रेडियो नेपालमा पहिलो पटकतामाङ भाषामा समाचार प्रसारण सुरु गरेको दिनको सम्झनामामनाईदै आइएको तामाङ प्रसारणदिवसकाअवसरमासंघलेतामाङ्ग समुदायबाट स्थानीयतहको निर्वाचनमा निर्वाचित प्रदेश नं १ का विभिन्न पालिकाका जनप्रतिनिधिलाई सम्मान समेत गरेको हो ।

संघले जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ , चैनपुर नगरपालिकाका प्रमुख कृष्ण कुमारतामाङ, चौढण्डी नगरपालिकाका उदयपुरका प्रमुख कालुराम तामाङ, अर्जुधारा नगरपालिका झापाका प्रमुख बलदेबसिं गोम्देन तामाङ, रोङ गाउपालिका इलामका अध्यक्ष मनि कुमार स्याङबो तामाङ लगायतलाई सम्मान गरेको हो ।