
साउन ७ ,
सहिदभूमि गाउँपालिकाकाे वडा नं ६ मा सञ्चालित बंगुर विकास कार्यक्रम काे अनुगमन कार्य सम्पन्न भएको छ । गाउँ पालिका अध्यक्ष मनाेज राई भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र धनकुटाकाे टाेलिले एक कार्यक्रमका विच अनुगमन गरिएको हाे ।
वडा नं ६ स्थित नमुना तथा पशुपालन समितिका १२ घरधुरी कृषकले बंगुर विकास कार्यक्रम सञ्चालन गरिरहेको छ ।
उक्त कार्यक्रम मार्फत २० लाख र कृषककाे ६ लाख ६६ हजार बाट ढलाइ सहितको व्यवसायीकरुपमा बगुर पालन गर्न मिल्ने खाेर निर्माण गरेकाछन् । अनुगमन पछि कृषकलाई बंगुर पालन सम्बन्धि विभिन्न सामाग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष स्वकीय सचिव केसब राईले जानकारी दिनु भयो