फेरी घट्यो सुनको मूल्य

547

काठमाडौँ,२८ असार | मंगलबार सुन-चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँ र चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Previous articleपरिचयपत्र बनाउन झमेला, सक्कली अनुहार फोटोमा आउनुपर्ने भन्दै फिर्ता |
Next articleधनकुटाका ४ जनाले आमाको नामबाट वंशजको नागरिक्ता पाए

Leave a Reply