सुनचाँदीको भाउ घट्यो

567

शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र चाँदी एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा ३०० रुपैयाँले नै घट्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Previous articleकाठमाडौं उपत्यकामा एकैदिन २ हजार बढी सवारी चालकमाथि कारवाही
Next articleविज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

Leave a Reply