माछापुच्छ्र्रे बैंकका ग्राहकले Kathmandu Pathlab र Galaxy Speciality Clinic मा विशेष छुट पाउने ।

431

माछापुच्छ्र्रे बैंक र Kathmandu Pathlab and Diagnostic Center Pvt.Ltd. (महाराजगञ्ज) र Galaxy Speciality Clinic Pvt.Ltd. । (महाराजगञ्ज ) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले Kathmandu Pathlab and diagnostic center Pvt.Ltd. बाट प्रदान गरिने सम्पुणर् स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५% सम्म छुट पाउनेछन् । त्यसै गरि Galaxy Speciality Clinic Pvt.Ltd. बाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सम्बन्धि (Except in Specialty Services ) सुविधाहरुमा २५ % सम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथा QR प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।

Previous articleलोकगायिका कल्पना दाहालले गरिन् बिहे
Next articleआजको मौसम

Leave a Reply