तोलामा एक हजार रुपैयाँले घट्यो सुन

478
saajhaonline

काठमाडौँ, बैशाख २८ | बुधबार सुन-चाँदीको मूल्य घटेको छ।आज सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

मंगलबार सुन प्रतितोला ९८ हजार रुपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Previous articleआज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै
Next articleउपमहानगरपालिकामा कांग्रेसको अग्रता, राप्रपा दोस्रोमा

Leave a Reply