
काठमाडौँ, वैशाख १३ | माछापुच्छ्र्रे बैंक लि. ले विद्मुतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिर्दै आफ्ना ग्राहकको लागि Okinawa ब्रान्डको इलेक्ट्रोनिक स्कुटर 0 % EMI मा पाउने ब्यवस्था गरेको छ । माछापुच्छ्र्रे बैंकले BHC International Pvt.Ltd. संग सम्झौता गरि बैंकको Instapay सुविधा मार्फत इलेक्ट्रोनिक Okinawa Scooter 0 % EMI मा पाउने ब्यवस्था गरेको हो । उक्त सम्झौतापत्रमा BHC International Pvt.Ltd. को तर्फबाट प्रबन्धक निर्देशक श्री हासिम अन्सारी तथा माछापुच्छ्रे बैेंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत श्री डिल्लि राम गिरी ज्यूले हस्ताक्षर गर्नुभएको थियो । पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भईरहेको अहिलेको परिवेशमा विद्मुतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्धेश्य एंव वतावरण संरक्षणमा टेवा पुर्याउने उद्धेश्यका साथ बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।
BHC International Pvt.Ltd. संगको सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि १८ महिनासम्मका लागि 0 % EMI मा Instapay मार्फत Okinawa ब्रान्डको इलेक्ट्रोनिक स्कुटर खरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा Instapay बाट पाउन सक्नेछन् । साथै बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा International Pvt.Ltd. को नेपाल स्थित सबै showroom मार्फत प्रदान गरिनेछ ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।
माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ बटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ८ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३७ स्थानवाट १३ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुणर् बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०५ बटा एटीएमहरु संचालनमा रहेको छन् ।