ह्वात्तै घट्यो सुनको मूल्य

635
saajhaonline

काठमाडौं, बैशाख ७ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १०० रुपैयाँ कायम गरिएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ थियो ।

बुधबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । आज चाँदीप्रति तोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Previous articleकाङ्ग्रेसबाट विजयी वडा अध्यक्ष तामाङ राप्रपा प्रवेश
Next articleभारतमा कोरोना संक्रमण निरन्तर बढ्दै, १ हजार ५४७ संक्रमित थपिए, ४० जनाको मृत्यु

Leave a Reply