
काठमाडौं, २८ चैत | बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित mobile banking App, MBL M-Smart को सुरुवात गरेको छ । यस अघि Machhapuchchhre Mobile Money (M3) को रुपमा संचालनमा रहेका मोवाईल बैंकिङ्ग एपलाई बैंकले OMNI च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरि MBL M-Smart को रुपमा शुभारम्भ गरेको हो ।
विभिन्न नयाँ सुविधा सहित शुभारम्भ गरिएको MBL M–Smart app मा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले Self-Registration गर्न सकिने मोवाईल बाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल QR Scan गरी भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु उपलब्ध गरिएको छ ।
बैंकले MBL M–Smart लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको हो । समय सापेक्ष आफ्ना सेवा सुविधालाई थप पस्किृत र परिमार्जित गर्दै लैजाने रणनिती तथा ग्राहकलाई पूणर्रुपमा डिजिटल सेवाहरु प्रदान गर्ने लक्ष्य सहित अगाडी बढिरहेको माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक We Chat Pay सुरुवात गरेका थियो ।
त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्स(AI)मा आधारित च्याटबट “माया” पनि नेपालमा पहिलो पटक माछापुच्छ्रे बैंकले नै शुभारम्भ गरेको थियो । बैंकले ओम्नी (OMNI) च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ्ग, आफ्नै वालेट RemitApp, लगायतका यस्ता थुपै सुविधाहको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको छ ।
नयाँ नयाँ डिजिटल सेवाको साथमा ग्राहकहरुलाई डिजिटल युगको अनुभव प्रदान गर्दै आफुलाई एउटा स्मार्ट बैंकको रुपमा सधै अग्र स्थानमा राख्न सफल भएको छ । यसै क्रममा डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउदै बैंकिङ्ग सेवालाई अर्को तहमा पुर्याउने उदेश्य सहित बैंकले mobile banking App, MBL M-Smart संचालनमा ल्याएको हो ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।