नवाज शरीफ अर्को महिना पाकिस्तान फर्किन सक्ने

555

इस्लामावाद, २८ चैत | पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ अर्को महिना ईदपछि लन्डनबाट स्वदेश फर्किने अनुमान गरिएको छ । उनी स्वदेश फर्किने तयारी गरेको पीएमएल–एनका एक वरिष्ठ नेताले भनेका छन् । पार्टी नेता मियाँ जावेद लतिफले शरीफको सम्भावित स्वदेश फिर्ताको विषयमा गठबन्धन साझेदारहरूसँग छलफल गरिने बताए ।

२०१७ मा पनामा पेपर्स मामिलामा सर्वोच्च अदालतले पदमुक्त गरेपछि उनीविरुद्ध सरिफविरुद्ध भ्रष्टाचार मुद्दाहरू शुरू गरेको छ । लाहोर उच्च अदालतले उनलाई उपचारका लागि विदेश जान चार साताको अनुमति दिएपछि नोभेम्बर २०१९ मा सरिफ लन्डन गएका थिए।

ईद वैशाखको पहिलो साता मनाइनेछ ।

Previous articleनेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई अभिमुखीकरण तालिम
Next articleभर्चुअल शाखाको रुपमा स्थापित गर्ने लक्ष्य सहित माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित “MBL M- Smart “

Leave a Reply