माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा, शाखा सञ्जाल १६४

340

काठमाडौं, १७ चैत | माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको मिति २०७८/१२/१७ गते बिहिबार धनगढी उप महानगरपालिकाका मेयर श्री नृप बहादुर वडज्युले एक कार्यक्रमका बीच समुद्घाटन गनुृभयो । उक्त शाखा समुद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाज्यूको पनि उपस्थिती रहेको थियो । नयाँ शाखा सगैँ कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ ।

देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूणर् बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।

Previous article२३ अंकले घट्यो नेप्से
Next articleथाहा पाउनुहाेस् तपाईंकाे राशिफल

Leave a Reply