सुनको मूल्य एक लाख पाँच सय रुपैयाँ

587
saajhaonline

काठमाडौँ, १४ चैत | सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ २० रुपैयाँले घटेको छ । आइतबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।

Previous article३ अध्यक्षको व्यवस्था सहित गैरआवासीय नेपाली संघ(एनआरएनए)को १०औँ विश्व सम्मेलन तथा महाधिवेशन सम्पन्न
Next articleसमयमै बजेट पास नहुँदा चितवनमा विकास खर्च न्यून

Leave a Reply