माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक पदमा बढुवा ।

474
saajha online

माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा नायव महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।

नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशक भन्दा बढिको बैंकिङ्ग अनुभव संगाली सकेका छन् | साथै माछापुच्छ्रे बैंकमै लामो समय सम्म उच्च व्यबस्थापन तहमा रही कुशल नेतृत्व गरिरहेका थापा व्यवस्थापकिय दक्षतामा अब्बल मानिन्छन् भने बहु बैंकिङ्ग ब्यवसायी न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् ।

त्यस्तै नायव महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशकको अनुभव सँगालेका छन्| अर्यालसंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।

बैंकको बिस्तारित व्यवसाय, स्तरीय सक्षम व्यबस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक र  बैंकिङ्ग क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ ।

बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ । र १५ सय भन्दा बढि कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

Previous articleअमेरिकाले फेरि भन्यो–युक्रेनको सीमाबाट रुसी सेना हटेको दाबी झुट
Next article‘बम’ राख्ने ९ जना सार्वजनिक

Leave a Reply