सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो

420
saajhaonline

काठमाडौँ,३ फागुन | सुनको भाउ मंगलबार  प्रतितोलामा एक हजार २०० रुपैयाँको दरले बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा  कारोबार भएको महासंघले जनाएकाे छ ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैँया निर्धारण भएको छ । चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी मंगलबार एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ ।

Previous articleदेउवा, प्रचण्ड र माधवकुमारबीच भेटवार्ता
Next articleगड्डाचौकी नाका खुल्याे

Leave a Reply