आखिल क्रान्तिकारी द्वारा २७ औ महान जनयुद्धको उपलक्ष्यमा दीप प्रजोलन

707

काठमाडौं, १ फागुन | आखिल क्रान्तिकारी द्वारा २७ औ महान जनयुद्धको उपलक्ष्यमा दीप प्रजोलन गरेको छ | बाघबजार स्थित पद्मकन्य क्याम्पसको गेटमा एक कार्यक्रम गर्दै दीप प्रजोलन गरेको हो |

कार्यक्रममा बोल्दै आखिल क्रान्तिकारीका अध्यक्ष हरि कृष्ण गजुरेलले जनयुद्धका  नाममा जनतालाई झुकाउने काम गरेको भन्दै अझै जनयुद्ध पुरा नभएको बताउनु भयो | साथै वर्तमान नेताहरुले जनतालाई धोका दिदै  एमसीसी पास गर्न लागेको बताउदै  कुनै हालतमा एमसीसी पास गर्न नदिने  यदि गरेमा आफुहरुले जस्तो सुकै कदम चाल्नसक्ने बताउनु भयो |

शिक्षा, स्वास्थ्य  जनताको नैसर्गिक अधिकार भएकाले पूर्ण रुपमा निशुल्क गर्नु पर्ने भन्दै यसका लागि आफुहरुले निरन्तर संघर्ष गरिरहेको र गरिरहने  आखिल क्रान्तिकारीका उपाध्यक्ष शिलु न्यौपाने ले बताउनु भयो |

Previous articleप्रधानमन्त्रीलाई योगेशको प्रश्न : नेपालको चुच्चे नक्सा कता गयो ?
Next articleथाहा पाउनुहाेस् तपाईंकाे राशिफल

Leave a Reply