विश्व इतिहासमा आजः म्यानमारकी प्रजातन्त्रवादी नेतृआङ सान सुकीलाइ नजरबन्ददेखि राष्ट्रसंघका पहिलो महासचिव

504

आज १ फेब्रुवरी सन् २०२२ । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही वैज्ञानिक तथा राजनीति घटनाक्रमः

१५ वर्ष निर्वासनपछि इरानका नेताको स्वदेश फिर्ती
करिब १५ वर्ष लामो निर्वासनपछि सन् १९७९ को १ फेब्रुवरीमा आयोतोल्लाह खोमेनी इरान फर्किएका थिए । उनी स्वदेश फर्किएपछि इरानमा १० दिनसम्म खुसीशाली मनाइएको थियो । राजनीतिक, धार्मिक, क्रान्तिकारी र दार्शनिक नेता खोमेनीको स्वदेश फर्किने क्रममा लाखौं मानिसले स्वागत गरेका थिए । निर्वासनका समयमा उनी इराकमा थिए ।

म्यानमारमा निर्वाचित सरकार अपदस्थ
सन् २०२१ को १ फेब्रवरीमा म्यानमारको सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेको थियो । अपदस्थपछि सेनाले प्रजातन्त्रबादी नेतृ आङ सान सुकीलाई घरमै नजरबन्दमा राखेको थियो । नजरबन्दमा राखेपछि नेतृ सुकीमाथि सेनाको जुन्ता सरकारले विभिन्न आरोप लगाउँदै आएको छ । केही साताअघि मात्र त्यहाँको सैनिक अदालतले सुकीलाई चार वर्ष जेल सजाय सुनाएको थियो । केही दिनपछि सरकारले आधा सजाय मिनाह गरेको घोषणा गरेको थियो । उनीविरुद्धको अन्य मुद्दामा पनि अदालतमा सुनुवाई भइरहेका छन् ।

राष्ट्रसंघको पहिलो महासचिव
सन् १९४६ मा नर्वेका ट्रिग्भे ली राष्ट्रसंघको पहिलो महासचिवमा निर्वाचित भएका थिए । उनी १० नोभेम्बर १९५२ सम्म रष्ट्र संघका महासचिव थिए।

स्पेस सटल दुर्घटनाग्रस्त
सन् २००३ मा अमेरिकाको मावनसहितको अन्तरिक्ष यान द स्पेस सटल दुर्घटनामा परेको थियो । अमेरिकी अन्तरिक्ष कार्यक्रमअन्तर्गतको सो यान १ जनवरीमा वायुमन्डलमा पुनः प्रवेश गर्ने क्रममा खस्दा त्यहाँ सवार सातै जना कारिन्दाको मृत्यु भएको थियो ।

Previous articleआजकाे पात्राे र राशिफल : मेषकाे मनमा प्रसन्नता छाउने, वृषलाई अध्ययनमा रची बढ्ने
Next articleचिसोबाट जाेगाउन वडा कार्यालयले बाँड्याे सिरक

Leave a Reply