काठमाडौं,२८ फागुन । ली छ्याङ चीनको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । १४औं राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशनले ली छ्याङलाई प्रधानमन्त्रीमा चयन गरेको थियो । राष्ट्रपति सी जिनपिङका विश्वासपात्रका रुपमा चिनिने ली छ्याङ चीनको सांघाई पार्टीका सचिव हुन् । उनले पूर्वप्रधानमन्त्री ली खछ्याङलाई प्रतिस्थापन गरेका छन् ।
राष्ट्रपति सी जिनपिङले उनलाई प्रधानमन्त्रीमा मनोनयन गर्ने निर्णयमा शनिबार बिहान हस्ताक्षर गरेका थिए । जुलाई १९५९ मा जन्मिएका ली अप्रिल १९८३ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)मा संगठित भएका उनी एमबीएसम्म अध्ययन गरेका छन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक व्युरोको स्थायी समिति सदस्य र राज्य परिषद्को सचिव समेत रहदै आएको छ ।